
काठमाडौं, साउन २६ । ‘स्वर्णिम संसारका लागि वैश्विक जागृति’ भन्ने नारासहित ब्रम्हकुमारी राजयोगले आफ्नो वार्षिक कार्यक्रम सुरु गरेको छ ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शनिबार राजधानीमा एक कार्यक्रम गरेर सो वार्षिक कार्यक्रमको आरम्भ गरेको हो ।
कार्यक्रममा मानिसले आफूभित्रको आध्यात्मिक शक्तिलाई पहिचान गर्नुपर्नेमा जोड दिइएको थियो ।
ज्ञान प्राप्तिका लागि भौंतारिनुभन्दा आफूभित्रको स्रोतलाई जगाउन आवश्यक रहेको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा ब्रम्हकुमारी राजदिदी, आशादिदीलगायत ब्रम्हयोगका गुरुहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्