Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


बारामा कीटनाशक औषधि छर्कन सुरु


0
Shares

बारा, चैत १८ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम गर्न बाराका दुई उपमहानगर र एक नगरपालिकाले नगरको सार्वजनिक क्षेत्रमा कीटनाशक औषधि छर्कन सुरु गरेका छन् ।

जितपुर–सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र निजगढ नगरपालिकाले भाइरस नियन्त्रण तथा रोकथामका लागि यो अभियान थालेका हुन् ।

जितपुर–सिमरा उपमहानगरले तीनओटा दमकल प्रयोग गरेर नगरमा कीटनाशक औषधि छर्न थालेको छ भने कलैया उपमहानगर र निजगढ नगरपालिकाले पनि आफ्नै दमकललगायतका साधन प्रयोग गरी कीटनाशक औषधि छर्कन सुरु गरेका हुन् ।

महामारी र संक्रमण रोक्न तीनओटा दमकल प्रयोग गरी नगरभरि कीटनाशक औषधि छर्कन सुरु गरिएको जितपुर सिमरा उपमहानगरका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

कीटनाशक औषधि छर्कन थालेपछि बजार र गाउँमा निस्कन प्रतिबन्ध गरिएको छ ।

यो अभियान जिल्लाका अन्य स्थानीय तहहरुले पनि सुरु गर्ने बताइएको छ ।