कैलाली, चैत १८ । सुदूरपश्चिममा भारतसहित तेस्रो मुलुकबाट आएका एक हजार ४०० जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको छ ।
प्रदेशका विभिन्न ठाउँमा सुदूरपश्चिम सरकार, स्थानीय तह र नेपाली सेनाले स्थापना गरेका तीन हजार ६६० शय्याका क्वारेन्टाइनमा एक हजार ४०७ जनालाई राखिएको हो ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशभरि अहिलेसम्म एक हजार ४४२ जनालाई अनिवार्य क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्