Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


दाङको मस्जिदमा झडप हुँदा ८ जना घाइते


234
Shares

काठमाडौं । दाङको एक मस्जिदमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् ।

घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ ।

शुक्रबार सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला विवाद भएपछि झडप भएको मुस्लिम आयोगका अध्यक्ष समीम मियाले जानकारी दिनुभयो ।

घाइते हुनेमा लमही नगरपालिका वडा नम्बर ५ का ६४ वर्षीय गुठे कुरेसि, सोही वडाका ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मिया, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याक दिन अली रहेका छन् ।

घाइतेहरू मध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ ।