Logo २२ भाद्र २०८२, आइतबार | Mon Sep 8 2025


प्रधानमन्त्री ओली र डा. केसीबीच छलफल, सहमति कार्यान्वयन गरिने बचन


0
Shares

काठमाडौं, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रा. डा. गोविन्द केसीबीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब पौने दुई घन्टा भएको छलफलमा प्रधानमन्त्री ओलीले डा. केसीसँग गरिएका सहमति इमान्दारीपूर्वक कार्यान्वयन गरिने बचन दिएका छन् ।

सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्न ढिलाइ गरेको भन्दै डा. केसी प्रधानमन्त्रीलाई भेट्न गएका हुन् ।

ठोस उपलब्धि र निश्कर्ष नआएपनि सहमति कार्यान्वयनमा आफू आशावादी रहेको डा. केसीले बताए ।

डा. केसीले सम्झौता हुबहु संसदबाट पारित नगरी तोडमोड गरिएमा १६औंपटक सत्याग्रह बस्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

डा. केसीलाई साउन १० गते अनशन तोडाउनेक्रममा सरकारले काठमाडौं उपत्यकाभित्र १० वर्ष नयाँ मेडिकल कलेज नखोल्नेलगायतका ९ बुँदामा सम्झौता गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भेटेर त्यही सम्झौता छिटो कार्यान्वयन गर्न डा. केसीले माग गरेका हुन् ।