
काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा भएको छलफल मंगलबार साँझसम्म पनि निष्कर्षमा पुग्न सकेन ।
सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको सोमबार र मंगलबार दिनभरको प्रयास पनि सफल हुन नसकेको हो । तर छलफल जारी रहेको र त्यसलाई निष्कर्षमा पु¥याउन गठबन्धनमा आवद्ध सबै दलहरु सकारात्मक रहेको कांग्रेस नेता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदै छ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।
प्रतिक्रिया दिनुहोस्