Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


धनगढी, डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय


0
Shares

कैलाली, चैत १५ । सुुदूरपश्चिम प्रदेश सरकारले धनगढी, डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद्को बैंठकले कोरोना रोकथाम नियन्त्रणका लागि कोरोनाभाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ ।

बैठकले कोषमा ४० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले सेती प्रादेशिक अस्पतालमा कैलाली र कञ्चनपुरका संक्रमितको ‘थ्रोट’ स्वावको नमुना परीक्षणका लागि सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको बताए ।

त्यसैगरी, गरिबीको रेखामुनि रहेका र मजदुरी गर्नेहरुका लागि आर्थिक साहयता प्याकेज प्रदान गरिने पनि उनले बताए । 

प्रदेश सरकारले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन विशेष सुविधासमेत दिने निर्णय गरेको छ ।