Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


इलाममा भारतबाट आएका ९५ जना ‘क्वारेन्टाइन’मा


0
Shares

इलाम, चैत १५ । इलाममा भारतबाट आएका ९५ जनालाई ‘क्वारेन्टाइन’मा राखिएको छ ।

इलामका १० ओटै स्थानीय तहमा क्वारेन्टाइन सञ्चालनमा आएका छन् ।

जिल्लाका विभिन्न २२ स्थानमा बनाइएका क्वारेन्टाइनको क्षमता २७४ रहेको बताइएको छ ।

एक सातायता इलाममा विदेशबाट भित्रिनेको संख्या १४० रहेको छ ।

इलामका १० स्थानीय तहमध्ये माइ नगरपालिकाले भने तथ्यांक लिइरहेको छ भने अन्य सबै स्थानीय तहले तथ्यांक लिइसकेका छन् । यसमा सबैभन्दा बढी रोङ गाउँपालिकामा ८२ जना विदेशबाट आएको तथ्यांक छ ।