२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


दीगो विकासमा युवाको भूमिका महत्वपूर्ण : सभामुख महरा


0
Shares

काठमाडौं, साउन २६ । सभामुख कृष्णबहादुर महराले देशको दीगो विकासमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एसियाली युवा सम्मेलन २०१८ मा बोल्दै उनले जलवायु परिवर्तनबाट परेको असर कम गराउन एसिया महादेशका युवाले खेलेको भूमिकाको प्रशंसा गरे ।

विकासका लागि विश्वव्यापी अभियान अघि बढाउन र सहस्राब्दी विकास लक्ष्य पूरा गर्न युवाले कदरयोग्य काम गरेको उनको भनाइ थियो ।

विज्ञान र विकासको तीव्र वृद्धिसँगै राज्य र लोकतन्त्रमा युवाको भूमिका राम्रो हुनुपर्नेमा उनले जोड दिए ।

साथै, उनले उद्यमशीलता नै देशको मूल आधार भएकाले यसतर्फ लाग्न युवाहरुसँग आग्रह गरे ।

सोही कार्यक्रममा एसियन क्षेत्रमा सामाजिक सेवामा आवद्ध नेपाललगायत भुटान, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, ताइवान, श्रीलंकाका युवाहरुलाई सम्मान पनि गरिएको थियो ।