बारा, चैत १४ । नगरबासीहरुसँग खाट मागेर निजगढ नगरपालिकाले उद्योग वाणिज्य संघ निजगढको कार्यालय हातामा क्वारेन्टाइनस्थल स्थापना गरेको छ ।
क्वारेन्टाइनमा राख्ने बेडका लागि नगरपालिकाले नागरिकका घर–घरबाट काठको खाट संकलन गरेको हो ।
खाट मााग्न निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेवी लामिछाने, वडाध्यक्ष सुदर्शन बडाल नगरछेउका गाउँका घरघरमा पुगेका थिए ।
निजगढ नगरपालिका वडा नम्बर-८ स्थित उद्योग वाणिज्य संघको हलमा ३६ ओटा कोरेन्टाइन बेड तयार गरिएको छ ।
त्यस्तै, गौरीशंकर क्याम्पसमा ३० ओटा र प्रत्येक वडामा पाँच/पाँचओटा क्वारेन्टाइनस्थल तयारी गरिने बताइएको छ ।
नगरपालिकाले पाँच शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको जनाएको छ ।
कोरोना संक्रमण शंकास्पद बिरामीका लागि निजगढ-९ स्थित प्राथमिक स्वास्थ्यrr केन्द्रमा पाँच शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्