
दाङ, चैत १४ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमका कारण दाङका सबै पत्रपत्रिकाको प्रकाशन बन्द भएको छ ।
पत्रिकाबाट पनि कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जोखिमलाई मध्यनजर गरी दैनिक तथा साप्ताहिक पत्रपत्रिकाको प्रकाशन बन्द गरिएका हुन् ।
लकडाउनको समयमा ग्राहकसामु पत्रपत्रिका पु¥याउन पनि समस्या हुने तथा पत्रिकाबाट पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने भन्दै प्रकाशन बन्द गरिएको सबै पत्रिकाका प्रकाशकहरुले जानकारी गराएका छन् ।
त्यस्तै यहाँका स्थानीय रेडियो एफएमहरुले भने धेरै कार्यक्रम कटौती गरी समाचारहरु प्रसारण गर्दै आएका छन् । दाङमा अहिले सात दैनिक र एक दर्जनको हाराहारीमा साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएका छन् ।
अहिले सबै पत्रिकाले अनलाइन संस्करणबाट सूचना तथा सन्देश प्रवाह गरिरहेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्