Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


चुनावी पोस्टरमा अमेरिकालाई पठाएको गोप्य पत्र र दूतावासको रात्रीभोजको तस्वीर पनि राख्नुस् : नेता रावल


14.8k
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)को चुनावी पोस्टरमा प्रशासक कुलमान घिसिङको तस्वीर प्रयोग गरेकोमा व्यङ्ग्य गर्नुभएको छ ।

बुधबार सामजिक सञ्जालमा रावलले चुनावी पोस्टरमा एमसीसीको पक्षमा अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्न भन्दै व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘पुष्पकमल दाहाल जी, चुनावी पोष्टरमा कुलमान घिसिङको तस्वीर मात्र किन तपाईले महान काम गरियो भन्ने गरेको एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रम देउवासँगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्नुहोस् । खुशी पार्ने सुनौलो अवसर छ ! कि कसो ?’

प्रचण्डसहितका नेता मंगलबार राति भारतीय राजदूत विनयमोहन क्वात्राको विदाईको रात्रीभोजमा सहभागी हुन लैनचौरस्थित राजदूतावास पुगेका थिए । जसको सर्वत्र विरोध भइरहेको छ ।