Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


काठमाडौं महानगरमा कीटनाशक औषधि छर्कन सुरु


0
Shares

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा किटनाशक औषधि डिसइन्फेन्स स्प्रे छर्न थालिएको छ ।

कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले मानिसको अत्याधिक भीडभाड हुने स्थानमा कीटनाशक औषधि छर्कन थालेको हो ।

काठमाडौं महानरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वीर अस्पताल, असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा कीटनाशक औषधी छर्किएको बताए ।

कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने जनाएको छ ।

लकडाउनको अवधिभर महानगरवासीलाई खाद्यान्नको समस्या हुन नदिन स्थानीय प्रशासनसँग सहकार्य गरेर अघि बढ्ने बताइएको छ ।