१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


उद्योग वाणिज्य महासंघको ५६औं साधारण सभा आज हुँदै


104
Shares

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६औं वार्षिक साधारण सभा हुँदैछ । साथै उद्योग वाणिज्य दिवस २०७८ आज (साेमबार) मनाईदै छ ।

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारण सभामा भाग लिन मुलुक भरबाट करिब १ हजार ५ सय उद्यमी व्यवसायीहरु राजधानी आइसकेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गर्ने तय भएको कार्यक्रममा अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता ,उद्यमी व्यवसायीहरुबीच वृहत् छलफल हुनेछ ।

त्यस्तै, विशेष सत्रमा तरलता अभाव एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा पनि छलफल हुने छ ।

विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला नगर वाणिज्य संघ १ सय १८ वटा, वस्तुुगत संघहरु १ सय २३ वटा, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २० वटा र एसोसिएट सदस्य १७ सय ४८ वटा रहेका छन् ।