
सिन्धुली । लगातारकोे वर्षापछि सिन्धुलीको कमला र मरिण नदीमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन कटान गरेको छ ।
सदरमुकाम सिन्धुलीमाडीबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात सेवासमेत बन्द भएको छ ।
चुरे क्षेत्रबाट खहरेमा पहिरो आउँदा निपाने, रानीवास, हर्षाही र टाडी गाविसका विभिन्न स्थानका धानबालीमा नोक्सान पुर्याएको छ भने नदी किनार आसपासका सहान, नक्कली, बाह्रविसेलगायतका स्थानका मानव बस्ती जोखिममा परेका छन् ।
सिन्धुलीको मरिण र कमला नदी नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयलगायतका सरकारी निकायहरुले हिउँदको समयमा तटबन्ध तारजालीको प्रबन्ध नगरेका कारण बाढीले खेतीयोग्य जग्गाहरु कटान गरेको बताइएको छ ।
मरिण क्षेत्रमा लगातारको वर्षाले वीपी राजमार्गको सिन्धुलीमाडी—बर्दिबास सडक खण्डका विभिन्न स्थानमा पहिरो गएको छ ।
प्रतिक्रिया दिनुहोस्