विराटनगर, चैत ११ । प्रदेश नम्बर–१ सरकारले ‘कोभिड–१९’ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर–१ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रुपैयाँ रकम जम्मा गरेको हो ।
उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना डेस्क स्थापना गर्ने निर्णयसमेत गरेको छ ।










प्रतिक्रिया दिनुहोस्