Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


संयुक्त समाजवादी मोर्चा नेकपा समाजवादीमा समाहित


1.4k
Shares

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा एकीकृत समाजवादी (एस) मा समाहित भएको छ ।

नेकपा(क्रान्तिकारी माओवादी) परित्याग गरी सो पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य सेवन्तराज भण्डारीको नेतृत्वमा गठन भएको संयुक्त समाजवादी मोर्चा नेकपा (एस) मा समाहित भएको हो ।

आज (बिहिबार) नेकपा (एस)को केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव बेदुराम भुसालले मोर्चाका अध्यक्ष भण्डारीसहित दर्जनौलाई एकीकृत समाजवादीमा प्रवेश गराउनुभएको हो ।

मोर्चाका अध्यक्ष भण्डारीले आफूहरुको तत्कालित पार्टीले निर्वाचनलाई बहिष्कार, उपयोग र फेरि बहिष्कारको नीति लिएर यथास्थिति गोलचक्करमा फसेकाले सो पार्टी परित्याग गरी संयुक्त समाजवादी मोर्चा गठन गरिएकोमा एकीकृत समाजवादीसँग आफूहरु सिद्धान्त मिलेकाले प्रवेश गरेको बताउनुभयो ।