 
	    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ बुँद्धामा असहमति जनाएकाे छ ।
स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न हुनेगरी प्रभावकारी भूमिका निर्वाह गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हाे । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लोकतान्त्रिक विधि र प्रक्रिया तलमाथि नहुनेगरी पालना गराउन लिखित पत्र बुझाउँदै एमालेले यस्तो आग्रह गरेको हो ।
पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आज ( बिहिबार ) प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी उक्त आग्रह गरेको हो । त्यसैगरी निर्वाचन कानूनमा प्रधानमन्त्री र मन्त्रीहरुले प्रचार-प्रसारमा जान नपाउने व्यवस्था गरेको र त्यसलाई पालना गराउन पनि आफूहरुले आयोगको ध्यानाकर्षण गराएको एमालेका महासचिव पोखरेलले जानकारी दिनुभयो ।
उहाँले निर्वाचन आचारसंहीताको कार्यान्वयन गराउने सन्दर्भमा जनताकाबीचमा खुलस्त ढंगले जान पाउने गरी त्यसको कार्यान्वयनमा ध्यान दिन पनि निर्वाचन आयोगलाई अनुरोध गरिएको बताउनुभयो ।
एमालेले निर्वाचन प्रचार-प्रसारका लागि सामाजिक सञ्जालको प्रयोग उपयुक्त विधि भएको उल्लेख गर्दै त्यसको प्रयोग सहज गराउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।





 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्