Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रादेशिक अस्पतालमा उपचार सामग्री अभाव, जोखिम मोलेरै उपचार गर्दै स्वास्थ्यकर्मी


0
Shares

जनकपुर । प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा उपचार सामग्री अभाव हुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेरै उपचार गर्दै आएका छन् ।

अस्पतालमा चिकित्सकहरु शंकास्पद कोरोना संक्रमितहरुको चेकजाँच र अन्य उपचार गर्दा सुरक्षित सामाग्री नभएका कारण अनुमानकै भरमा उपचार गर्दे आएका छन् ।

हालसम्म कोरोना भाइरसका पोजेटिभ केस फेला नपरेपनि अनुमानित उपचार प्रविधिले पोजेटिभ निगेटिभ छुटयाइदै आएको छ ।

प्रदेशका ८ वटा जिल्ला हेर्ने प्रादेशिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उपचारका लागि सुरिक्षत एप्रोन, मास्क, थर्मल स्क्यानरलगायतका कुनै पनि उपचार सामाग्रीको व्यवस्था नहुँदा जोखिम मोलेरै उपचार गर्दै आएको मेडिकल सुपरिडेन्ट डा. नागेन्द्र यादवले जानकारी दिए ।

प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा ४ वटा मात्र बेड छन् ।