Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


हामी प्रचण्ड र माधव नेपालरहित वाम एकताको पक्षमा छौं : महासचिव पोखरेल


6.5k
Shares

दाङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा पार्टी रहेको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग चुनावी तालमेल नहुने भन्दै एमाले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा रहेको बताउनुभयो ।

‘माओवादी र नेकपा एकीकृत समाजवादीसँग एमालेले चुनावी तालमेल गर्दैन, तर उनीहरूका कार्यकर्तालाई भने एमालेमा गोलबद्व गर्छौंं,’ उहाँले भन्नुभयो, ‘प्रचण्ड र माधवरहित वाम एकताको पक्षमा एमाले छ, कम्युनिष्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिष्ट हुन सक्दैनन् ।’

महासचिव पोखरेलले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनताहरूको मन जोडेर अगाडि बढ्ने बताउनुभयो ।

गठबन्धन सरकार उद्देश्यहीन र लक्ष्यहीन भएको भन्दै उहाँले अहिलेको चुनावमा जनताहरूले मन पराएका प्रतिनिधि चुन्ने अधिकार रोक्ने खालको अराजक गतिविधि भइरहेको आरोपसमेत लगाउनुभयो ।