Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


काँग्रेस नेता शेखरले भने, ‘देश तुरुन्त लकडाउन गरियोस्’


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै डा. कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् ।

नेता शेखरले विस्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नेपाली जनजीवन त्रसित र भयावह बनाएको बताए । 

भारतीय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था नभएको भन्दै नेता शेखरले सरकारले ती व्यक्तिहरुलाई प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरी १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउँनु पर्ने बताए ।

मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको कोरोना भाइरसको परीक्षण तुरुन्त गरिनुपर्ने उनको भनाइ छ ।