२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


महाभारतका युधिष्ठिर अर्थात् रोहित भारद्वाजले गरे डिभोर्सको घोषणा


1.768k
Shares

काठमाडौं । सन् २०१३ मा प्रसारित टेलिसिरियल महाभारतमा ‘युधिष्ठिर’ को भूमिका निभाएको रोहित भारद्वाजले विवाहदेखि नै आफू र आफ्नो श्रीमतीबीच सम्बन्ध राम्रो नभएको बताएका छन् । उनीहरू इन्डोनेसिया भ्रमणबाट फर्किएपछि दुवैबीचको मनमुटाब बढ्न थालेको र बढ्दो दुरीको बीचमा कुरा सम्बन्धविच्छेदसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

महाभारतपछि रोहित टिभी शोमा पनि खासै देखिने गरेका छैनन् । यसको कारण अहिले थाहा भएको छ । उनी आफ्नो व्यक्तिगत जीवनमा भइरहेको समस्याका कारण उनको काम प्रभावित बनेको हो ।

‘ई टाइम्स’ मा दिएको अन्तरर्वातामा उनले सन् २०१७ देखि आफ्नो वैवाहिक जिवन बिग्रदै गएको बताएका छन् । सम्बन्ध बिग्रेको ४ वर्षपछि सम्बन्ध बिच्छेद गर्न लागेको रोहितले बताएका छन् । रोहित र उनको श्रीमती पुनम ४ वर्षदेखि अलग बस्दै आएको र अब सम्बन्ध बिच्छेद गर्न २ महिना मात्र बाँकी रहेको बताएका छन् ।

पुनम र रोहितको १० वर्षको एउटा छोरी पनि छिन् । उनी आफ्नी आमासँग दिल्ली मा बस्दै आइरहेकी छिन् । दुईवर्षदेखि रोहितले आफ्नो छोरीलाई पनि भेट्न पाएका छैनन् ।