
पाँचथर । उद्योग वाणिज्य संघको १२औं साधारणसभा सदरमुकाम फिदिममा शुरु भएको छ ।
शनिबारबाट शुरु सभाको उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले संघको नयाँ नेतृत्व चयनका लागि शुभकामना ब्यक्त गरेका थिए । संघले नयाँ नेतृत्व चयन गर्ने भएको छ ।
पाँचथर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लाग मैदानमा अलग–अलग दुई वटा समूह घोषणा गरी चुनावमा उत्रिएका छन् । वर्तमान सत्ता गठबन्धनको तर्फबाट नरेन्द्र अधिकारीको प्यानल घोषणा गरिएको छ ।
जसमा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत नेकपा समाजवादी निकट व्यवसायीहरूको प्यानल बनेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट निवर्तमान महासचिव नवराज घिमिरेको नेतृत्वमा अर्को प्यानल घोषणा भएको छ । जसमा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट व्यवसायीहरूको प्यानल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्