Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


केपी ओलीको खलनायकीपनले विकास र समृद्धिको सपना पूरा हुन पाएन : अध्यक्ष दाहाल


143
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको विकास र समृद्धिको सपना केपी ओलीको खलनायकीपनले सकिएको आरोप लगाउनुभएको छ ।

शुक्रबार काभ्रेमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको खलनायकीपनले स्थायित्व विकास र समृद्धिको सपना पूरा हुन नसकेको बताउनुभयो ।

‘सबैको विश्वास जितेर निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘तर, एकजना व्यक्ति, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’

केपी ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरूप प्रतिनिधिसभा विघटन गरेको भन्दै उहाँले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्न आग्रह गर्नुभयो ।

देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उहाँल यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताउनुभयो ।

देश संकटमा परेका बेला माओवादीले जोगाएको उहाँको दाबी छ ।