
काठमाडौं, साउन २५ । साउदी अरबमा ट्रक र त्यसमा रहेको सामान हराएको अभियोगमा पक्राउ परेका प्रेम राईलाई जेलमुक्त गर्न उठाइएको रकम दुरुपयोग नभएको प्रेम बचाऊ अभियानले दाबी गरेको छ ।
अभियानका संयोजक चन्द्रसिंह कुलुङले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी राइलाई जेलमुक्त गर्नेक्रममा ९२ लाख रुपैयाँ उठेकामा ४३ लाख रुपैयाँ तिरिएको र बाँकी रहेको २५ लाख रुपैयाँ त्यस्तै समस्यामा पर्नेहरुलाई खर्च गरिने बताए ।
३० महिना जेल बसेर मुक्त भएका प्रेम राई अहिले नेपाल फर्किसकेका छन् ।
उनले आफूलाई जबर्जस्ती फसाएको भन्दै आफ्नो ज्यान बचाउने अभियानमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिए ।
प्रतिक्रिया दिनुहोस्