काठमाडौं, चैत ७ । सरकारले आपूर्ति तथा ढुवानी सेवा बन्द नहुने स्पष्ट पारेको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको ‘कोरोना’ नियन्त्रण समितिको बैठकपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीको सम्बोधनअनुसार कसरी व्यवस्था मिलाउने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।
समितिको बैठक शनिबार पनि बस्ने छ ।









प्रतिक्रिया दिनुहोस्