Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


अमेरिका र तालिवानबीचकाे वार्ता रद्द


143
Shares

काठमाडौं ।  अमेरिकाले तालिवानरुसँगको पूर्व निर्धारित वार्ता रद्द गरेको छ ।

तालिवानलाई आर्थिक सहायता दिने र बालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने विषयम छलफलका लागि वार्ता बोलाइएको थियो । तर अमेरिकाले विभिन्न कारण देखाएर सो वार्ता स्थगित गरेको छ ।

तालिवानीका पछिल्ला गतिविधिहरुले मानवअधिकार र संवेदनशिलताका विषयमा चालेका कदमको अन्तर्राष्ट्रिय अदालतमा कुरा चल्ने भएपछि तालिवानीले वार्तामा बस्न इच्छा नदेखाएको अमेरिकाको आरोप छ। अमेरिकी अधिकारीहरुले भने बालिकाहरुलाई विद्यालय जान रोक लगाउने तालिवानीको निर्णयप्रति खेद जनाएको बताएका छन् ।

यता तालिवानले भने अमेरिकाले आफ्ना केही नेताहरुमाथि लगाउको प्रतिवन्ध फुकुवा भएपछि मात्र वार्तामा बस्ने सर्त राखेको समाचारमा जनाइएको छ ।