२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


नेपाल र इंग्ल्यान्डको ‘सी’ टोलीबीच बेलायतमा हुने भनिएको मैत्रीपूर्ण फुटबल रद्द


0
Shares

काठमाडौं, चैत ५ । नेपाल र इंग्ल्यान्डको ‘सी’ टोलीबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

विश्वभर ‘कोरोनाभाइरस’को महामारी फैलिएपछि नेपाली फुटबलमा पनि यसको असर देखिएको हो ।

यही कारण आगामी जेठ १२ गते इंग्ल्यान्डको अल्डरसटमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल रद्द गरिएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल संघबीच मैत्रीपूर्ण खेलसहित फुटबल विकासमा सहकार्य गर्नेबारेमा गत जनवरीमा सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा आयोजना हुने सम्झौतामा उल्लेख छ ।