– हेमन्त कंडेल/मानबहादुर वली /इमेज
सुर्खेत । कर्णाली प्रदेशमा पनि एसईईको सम्पूर्ण तयारी पूरा भएकोे छ । परीक्षामा ३७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुंदै छन् ।
कर्णाली प्रदेशबाट ३७ हजार २३ जनाले परीक्षा दिने भएका हुन् । जसमध्ये सुर्खेतमा सबैभन्दा बढी आठ हजार सात सय ११ र डोल्पाबाट सबैभन्दा कम सात सय २० जना परीक्षार्थी सहभागी हुने छन् ।
कोरोनाको त्रासका बीच पनि निर्धारित समयमा नै एसइई परीक्षा सञ्चालन गराउनेमा शिक्षा मन्त्रालय अडिग छ । परीक्षा बोर्डले पनि देशभर १९ सय ९५ वटा परीक्षा केन्द्र तोकिसकेको छ ।
त्यस्तै एसइईको लागि आवश्यक प्रश्नपत्र तयार गरी सबै केन्द्रमा पठाइसकेकोे छ । अभिभावकहरु भने चैत ६ मै एसइई परीक्षा हुनपर्छ भन्नेमा सहमत देखिंदैनन ।
विद्यार्थीपनि परीक्षामा सहभागी नभए पछि पर्ने डर र सहभागी भए संक्रमित भइन्छ कि भन्ने त्रासमा रहेको बताउँछन् ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै शिक्षा निर्देशनालयले पनि हरेक विद्यालयमा हेल्थ डेक्स राख्ने तयारी गरेको छ ।
तर पनि विद्यार्थीहरुले त्रासका बीच परिक्षाको तयारी गर्नुपरेको जन मावि सुर्खेतका प्र.अ. यामबहादुर श्रेष्ठको भनाइ छ ।
कर्णाली प्रदेशभर एक सय ७६ वटा परीक्षा केन्द्र रहनेछन । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन पाँच हजार बढी कर्मचारी खटिने निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्