Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


लोडसेडिङ हुने हल्ला छ, त्यस्तो हुन दिँदैनौं : कुलमान घिसिङ


208
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताउनुभएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताउनुभएको हो ।

‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनाैं ।’

भारतमा ऊर्जा संकट आएपछि नेपालमा पनि यसको असर परेको भन्दै उहाँले केही समयका लागि महसुल बढाएर भए पनि नियमित विद्युत् दिने बताउनुभयो ।

अहिलेको समयमा ३५० मेगावाट विद्युत भएमा सिस्टम चल्ने भन्दै जेठबाट समस्या स्वतः अन्त्य हुने जानकारी दिनुभयो ।

घिसिङका अनुसार जेठमा तामाकोशीसहितका हाइड्रोपावरबाट विद्युत उत्पादन हुने हुँदा विद्युत प्रवाहमा समस्या नहुने बताउनुभयो ।

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै घिसिङले अहिले देखिएको समस्या अल्पकालीन रहेको बताउनुभयो । यस्तो समस्या सधैं नदेखिने भन्दै उहाँले लोडसेडिङ नहुने दोहोर्‍याउनुभयो ।

Skip This