
काठमाडौं, चैत ४ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी)ले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा २–२ गोलको बराबरी खेल्दै ब्वाइज युनियन र आरसीटीले १/१ अंक बाँडेका हुन् ।
खेलमा ब्वाइज युनियनका टंकबहादुर स्याङ्देन र प्रदीप बोगटीले एक/एक गोल गरे । यसैगरी, आरसीटीका लागि अजित गुरुङ र नवीनमान कर्माचार्यले दुई गोल फर्काए ।
बराबरीसँगै ब्वाइज युनिजयनले ६ खेलबाट ८ अंक जोड्दा आरसीटीको खातामा ६ अंक भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको ‘बी’ डिभिजन लिग फुटबलमा १२ ओटा टिमहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्