
काठमाडौं, साउन २५ । नेपाल प्रहरीले टोल–टोलमा प्रहरी अभियानअन्तर्गत नागरिक सुनुवाइ कार्यक्रमलाई तीब्रता दिएको छ ।
स्थानीय समुदायलाई सुरक्षा सरोकारका विषयमा सहभागी गराउने, सुरक्षा सचेतना अभिवृद्वि गर्ने र नागरिक मैत्री प्रहरी छवि विस्तार गर्न प्रहरीले नागरिक सुनुवाइलाई प्राथमिकता दिएको छ ।
यसै क्रममा प्रहरी बृत्त कमलपोखरीले काठमाडौंको हाँडीगाउँ भाटभटेनीमा स्थानीय व्यक्तिहरुसँग नागरिक सुनुवाइ गरेको छ । कार्यक्रममा काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले शान्ति सुरक्षा कायम गर्न आमनागरिकको सहयोग अपरिहार्य रहेको बताए ।
आफ्नो टोल वरिपरी शंकास्पद गतिविधि हुनासाथ तत्काल खबर गर्न आग्रह गर्दै प्रहरी प्रमुख पोखरेलले जनताका पीरमर्का सुनुवाइ गर्न प्रहरी हरदम तयार रहेको बताए ।
कार्यक्रममा उपस्थित स्थानीयहरुले शान्ति सुरक्षा कायम गर्न प्रहरीको सक्रियता बढाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्