Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


कांग्रेस बैठक स्थगित


0
Shares

विराटनगर, चैत ३ । कोभिड–१९ रोगको कारण फैलिएको त्रास र बजारमा एक्कासी देखिएको महङ्गीप्रति सरकारले चासो देखाउनु पर्ने नेपाली काङ्ग्रेस मोरङले माग गरेको छ ।

यो रोगसँगै फैलिएको त्रासले बजारमा अनधिकृत रुपमा सामानको मूल्य बढेको र यसबाट आम उपभोक्ता मारमा पर्ने गरेका छन् ।

यही चैत ५ गते बस्ने भनिएको बैठक कोरोनाकै कारण स्थगन भएको नेपाली काङ्ग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिँदै यसबाट बच्न र बचाउन भातृ सङ्गठनमार्फत सचेतना एवं जागरण अभियान सञ्चालन गर्ने योजना बनाएको बताए ।

सचिव घिमिरेले भने, ‘‘कोरोना सङ्क्रमणको सन्त्रासका कारण देशको परिस्थिति, केन्द्रीय समितिले दिएको निर्देशन तथा स्थानीय अवस्थालाई समेत मध्यनजर गर्दै बैठक स्थगन गर्ने निर्णय भएको हो, ठूलो सङ्ख्यामा भेला भएर राजनीतिक कार्यक्रम हुने छैन ।” रासस