काठमाडौं । नेपालमा हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्यामध्ये १ करोड ८४ लाख ९८ हजार जना मानिसले कोभिडविरुद्धकाे पहिलाे मात्रा खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउनेको संख्या भने १ करोड ६१ लाख ८४ हजार रहेको छ ।
यो लक्षित जनसंख्याको ८१ दशमलव २ प्रतिशत हो । चैत ४ गतेसम्ममा सबै उमेर समूहमा ३ करोड ९२ लाख २३ हजार ९ सय ४१ मात्रा खोप प्रदान गरिएको हो । १८ लाख २९ हजार भन्दा बढीले त बुस्टर डोज खाेप नै लगाएका छन् । सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ ।
सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य राखेकाे छ ।








प्रतिक्रिया दिनुहोस्