
रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडिएको छ ।
त्रिशुली नदीमा निमार्णाधिन माथिल्लो त्रिशुली जलबिद्युत आयोजनाले बेलिबृज पुल निर्माण गरि दिएसँगै हाकुगाँउ गल्छि त्रिशुली, मैलुङ, स्याफ्रुबेसी र सुवागढी राजमार्गसँग जोडिएको हो । आमाछोदिङ्मो गाँउपालिकाले वडा नम्बर एक र दुईमा सडकको ट्रयाक खोल्ने काम सकिएसँगै सडक राजमार्गसाग जोडिएको हो ।
गाँउपालिकामा जनप्रतिनिधि आएसँगै भौतिक निर्माण अन्तर्गत पहिलो प्राथमिकता सडक निर्माणलाई दिएकाले सबैको सहयोगमा ठुलोहाकु राष्ट्रिय राजमार्गसँग जोडिन सफल भएको गाँउपालिकाका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।
रसुवाको आमाछोदिङ्मो गाँउपालिका हाकुगाँउ राष्ट्रिय राजमागसँग जोडिएसँगै स्थानीय बासिन्दाको आय-आर्जनमा वृद्धि हुने विश्वास समेत गरिएको छ ।
सदरमुकाम धुन्चेबाट नजिकै देखिए पनि एक दिनको पैदल यात्रा गर्नु पर्ने यस ठाँउमा जो कोहि सहजै जान नमान्ने अबस्थामा रहेको हाकुगाँउ राष्ट्रिय राजमार्गसँग जोडिएपछि स्थानीयहरु हर्षित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्