Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


ताप्लेजुङमा रुखले किचेर एकको मृत्यु


39
Shares

काठमाडौं । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले किचेर एक जनाको मृत्यु भएको छ।

दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर शुक्रबार सोहि ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको मृत्यु भएको हो । रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् ।

रम्तेलको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।

Skip This