Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


नेपालमा बीउबिजनको ८० प्रतिशत आपूर्तिमा निजी क्षेत्रको योगदान


143
Shares

काठमाडौं । नेपालमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गरेको छ । खाद्यान्न बालीको बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी क्षेत्रका विभिन्न बीउबिजन कम्पनीले आयात गर्ने गरेको नेपाल बीउ व्यवसायी संघले जनाएको छ ।

स्थानीय जातका बीउबिजन स्वदेशमै उत्पादन हुने र केही वर्णशंकर जातका बीउ विदेशबाट पनि आयात हुने गरेको बताइएको छ । कृषि उत्पादनमा आवश्यक पर्ने कृषि सामग्री, औजार, उपकरणको आपूर्तिमा शतप्रतिशत निजी क्षेत्रको योगदान रहेको जनाइएको छ ।

नेपाल बीउ व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले गुणस्तरीय बीउबिजन उत्पादन गरी कृषकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिँदै बीउबिजन बजारीकरणमा रहेका नीतिगत समस्यालाई व्यवसायीसँग समन्वय गरी समाधान गर्ने बताउनुभयो ।