ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का विज्ञहरुसँग समन्वय गरी स्थानीय स्तरमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने भएको छ ।
महानगरपालिकाद्वारा जारीे विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस (कोभिड –१९) को उच्च जोखिममा रहेका देशहरुको सूची राखेपछि ह्याण्ड स्यानिटाइजरको माग बढेको छ ।
माग बढेसँगै उपभोक्ताले स्यानिटाइजरको अभाव महसुस गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार महानगरको सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार महानगरले मास्क सिलाउन समेत सुरु गरेको छ ।
मास्कको प्रयोगले मौसमी रुघाखोकी लागेका व्यक्ति आफू पनि सुरक्षित हुन्छन् ।
रुखाखोकी व्यक्तिबाट भाइरस अन्य व्यक्ति फैलनबाट रोक्न मास्कले केही सहयोग गर्छ ।
सिलाइ तालिम लिएका महानगरका वडाका महिलाले मास्क सिलाउन थालेका हुन् ।
यसैगरी महानगरले कोरोनाबारे जनचेतना जगाउन चेतनामूलक सन्देश लेखिएको सन्देश सामग्री वितरण गर्ने विज्ञप्तिमा जनाएको छ ।
महानगरले ठूला सभा ,सम्मेलन, भोजभत्तेरको आयोजना नगर्न समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।








प्रतिक्रिया दिनुहोस्