
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंको काँडाघारीमा बालकको अपहरणपछि हत्या र अपहरणकारीको इन्काउण्टरबारे सरकारले छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले घटनाबारे सरकारले सूक्ष्म छानबिन गरिरहेको जानकारी दिँदै छिट्टै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका हुन् ।
उनले सीमा क्षेत्रमा भारतले अनाधिकृत रुपले बाँध निर्माण गरिरहेको विषयमा पनि सरकारले छिट्टै धारणा सार्वजनिक गर्ने जानकारी दिए ।
समितिको बैठकमा सांसद देवेन्द्रराज कँडेलले काँडाघारीमा ११ वर्षीय बालकको प्रहरीकै लापरवाहीले हत्या भएको भन्दै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।
सांसद झपड रावलले सीमा क्षेत्रमा भारतले अनाधिकृत रुपले बाँध निर्माण गरिरहेको भन्दै सरकारको धारणा माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्