
धनकुटा, फागुन २४ । धनकुटामा सम्पन्न प्रथम प्रदेशस्तरीय पुरुष विच भलिबलको उपाधि सुनसरीले जितेको छ ।
धनकुटाको मुलघाटस्थित तमोर नदीको किनारमा शनिबार सम्पन्न फाइनल खेलमा भोजपुरलाई सोझो सेटमा पराजित गर्दै सुनसरीले उपाधि उचालेको हो ।
त्यस्तै, भेट्रान्सतर्फ भएको फाइनलमा झापाले भोजपुरलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको छ ।
प्रतियोगितामा प्रदेश नम्बर–१ का १८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्