३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


संखुवासभा बस दुर्घटना : मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत (अपडेट)


390
Shares

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार विहान बस दुर्घटनामा मृत्यु भएका १४ मध्ये १० जनाकाे सनाखत भएकाे छ ।

ना ४ ख ७३५ नम्बरको बसमा सवार १४ जना मृतकमध्ये हालसम्म १० जनाको पहिचान खुलेको छ भने पाँच जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ की अञ्जना कटुवाल र मादी–५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । अन्य ४ जना मृतकको सनाखत हुन बाँकी रहेको छ ।

घाइतेहरूलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिनुभयाे ।