२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


सिंगापुर र हङकङ टी–२० एसिया कप छनोटमा पुग्न सफल, नेपाल चौथो स्थानमा


0
Shares

काठमाडौं, फागुन २३ । सिंगापुर र हङकङ एसिया कप ट्वेन्टी–२० क्रिकेट छनोटमा छानिएका छन् ।

थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० कप क्रिकेट प्रतियोगिताको शीर्ष दुईमा रहँदै सिंगापुर र हङकङले सो सफलता हासिल गरेका हुन् ।

सिंगापुर ७ अंकसहित समूह विजेता तथा हङकङ ६ अंकसहित समूह उपविजेता बन्दै छनोट भएको हो ।

शुक्रबार अन्तिम खेलमा हङकङसँग ६ विकेटले पराजित हुँदै मलेसिया ४ अंकसहित तेस्रो स्थानमा रह्यो ।

नेपाल भने चौथो स्थानमा समेटिएको छ । शुक्रबारै अन्तिम खेलमा सिंगापुरसँग अंक बाँडेसँगै नेपालले ३ अंकसहित चौथो स्थानमा रहेर प्रतियोगिता सकाएको हो ।

शुक्रबार हुनुपर्ने खेल खराब मौसमका कारण हुन नसकेपछि रद्द भएको थियो । खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक पाए ।

नेपाल चारमध्ये दुईमा हार, एकमा जित र एकमा बराबरीका साथ ३ अंकसहित चौथो भएको हो ।

नेपालको यसपटक ब्याटिङ नै चल्न नसकेपछि लज्जास्पद हारको सामना गर्नुपरेको हो ।

आयोजक थाइल्यान्ड सबै खेल हारेर पुछारमा रह्यो ।