Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


शीत भण्डार गृह निर्माण सम्पन्न


104
Shares

रसुवा । रसुवाको कालिका गाउँपालिका– २ मा शीत भण्डार गृह निर्माणको काम सम्पन्न भएको छ ।

तीन सय मेट्रिक टन क्षमताको दुई तले भवन निर्माणको काम सम्पन्न भएसँगै जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारी भण्डारण गर्न सहज हुने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले जानकारी दिनुभयो ।

बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७० प्रतिशत तथा कालिका गाँउपालिकाको ३० प्रतिशत लगानीमा ३ करोड ७० लाख ३५ हजार ३ सय ३५ रुपैयामा शीत भण्डार गृह बनाइएको हो ।

कोरोना महामारीका कारण सामान तथा कामदार बाहिरबाट ल्याउन नसक्दा निर्माण एक वर्षपछि ढिलाएको हो ।

यसअघि जिल्लामा शीत भण्डार गृह नहुँदा नुवाकोटमा गएर शीत भण्डारण गर्नु पर्ने बाध्यता थियो । आफ्नै जिल्लामा सानै क्षमताको भए पनि शीत भण्डार गृह पाउँदा कृषकहरु खुसी भएका छन् ।