
ललितपुर, साउन २४ । ललितपुरको थसीखेलमा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा पैदलयात्री ललितपुर बस्ने काभ्रेको पनौतीका ५२ बर्षीय चन्द्र प्रसाद श्रेष्ठ, एकान्तकुना बस्ने लमजुङका ४५ बर्षीय विष्णुराज भण्डारी, मोटरसाइकल चालक ललितपुर ईमाडोल बस्ने मकवानपुर सिस्नेरीका ३४ बर्षीय हरिशरण ठकुरी र मोटरसाइकलमा पछाडी सवार भक्तपुर पाँचतलेका ४५ बर्षीय राजेश कर्माचार्य छन् ।
घाइते सबैको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ ।
गएराति सवा ९ बजे बा४३प २१५६ नम्बरको मोटरसाइकल पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।
प्रतिक्रिया दिनुहोस्