
काठमाडौं । प्रिमियर क्लबहरु म्यान्चेस्टर सिटी, लेष्टर सिटी र नरिच सिटी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
गएराती भएको खेलमा शेफिल्ड वेनस्डेलाई १–० ले हराउँदै म्यान सिटी क्वाटरफाइनलमा उक्लेको हो ।
खेलमा सिटीका लागि सर्जियो अगुएरोले ५३ औं मिनेटमा निर्णायक गोल गरे ।
राउण्ड अफ सिक्सटिनकै अर्को खेलमा टोटनह्याम हट्सपरलाई टाइ ब्रेकरमा हराउँदै नरिच सिटी पनि क्वाटरफाइनलमा पुगेको छ ।
निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइ ब्रेकरमा पुगेको थियो ।
टाइ ब्रेकरमा नरिच ३–२ ले विजयी भयो । गएराती भएको अर्को खेलमा बर्मीङ्घम सिटीलाई १–० ले हराउँदै लेष्टर सिटी क्वाटरफाईनलमा पुगेको छ ।
एफए कप फुटबलमा आज राती डर्बी काउण्टी र म्यान्चेस्टर युनाइटेड भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्