नेपालगन्ज, फागुन २१ । नेपालगन्जमा सम्पन्न छैटौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल प्रहरीले जितेको छ ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रहरीले उपाधि जितेको हो ।
उपाधिसँगै प्रहरीले दुई लाख र उपविजेता एपीएफले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भइन् ।
विजयी खेलाडीहरुलाई राखेपका सदस्यसचिव रमेश सिलवाललगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिता बाँके जिल्ला भलिबल संघको आयोजनामा सञ्चालन भएको हो ।




प्रतिक्रिया दिनुहोस्