कञ्चनपुर, फागुन २१ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगरप्रमुखले व्यवसायीमाथि दुर्व्यवहार गरेका छन् ।
वैकल्पिक व्यवस्था नगरी ठेला हटाउन खोजेको विषयमा बुधबार कार्यालयमा बुझ्न गएका व्यवसायीमाथि नगरप्रमुख सुरेन्द्र विष्टले दुर्व्यवहार गरेका हुन् ।
नगरपालिकाले आधिकारिक सूचनाविना नगरप्रहरी खटाएर तत्कालीन नगर विकास समितिको जग्गामा ठेला व्यवसाय गर्दै आएका व्यवसायीलाई हटाउन निर्देशन दिएपछि व्यवसायी कार्यालयमा पुगेका थिए ।
व्यवसायीहरुले कार्यालय प्रमुखलाई कार्यकक्षमा नभेटेपछि नगरप्रमुखसँग गुनासो राख्न गएका थिए ।
नगरप्रमुख विष्टले आफूहरुको कुरै नसुनी नगरप्रहरी लगाएर आफूहरुलाई समात्न आदेश दिएको व्यवसायीहरुको आरोप छ ।
लामो समयदेखि महेन्द्रनगर बजारक्षेत्रमा ठेला व्यवसाय गर्दै आएका व्यवसायीलाई नगरपालिकाले आफैंले दुई वर्षअघि नगर विकासको जमिनमा राखेको थियो ।
तर, मंगलबार आधिकारिक सूचनाविना नगरप्रहरीले सो ठाँउबाट हट्न निर्देशन दिएपछि उनीहरु त्यसबारे बुझ्न नगरपालिका कार्यालय गएका थिए ।
व्यवसायीहरुले नगरपालिकालाई प्रतिठेला ४५ रुपैयाँ कर तिर्दै आएका थिए ।








प्रतिक्रिया दिनुहोस्