Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


एनआरएनएले वैदेशिक रोजगार सम्बन्धी छुट्टै धारणा सार्वजनिक गर्ने


0
Shares

काठमाडौं । गैरआवसीय नेपाली संघ(एनआरएनए)ले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धी आधिकारिक धारणा पत्र बनाउने भएको छ ।

मंगलबार संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकमा वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी अघि बढ्ने निर्णय समेत भएको छ ।

बैठकमा विश्वव्यापी महामारी रुप लिन खोजिरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गम्भीर संकट पार्न सक्ने भन्दै यसबारेमा सचेत रहन आग्रह गरियो । कार्यक्रममा विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणा पत्र बनाउन लागेकोमा हार्दिक धन्यवाद प्रकट गर्दै आफ्ना धाराणाहरु राखेका थिए ।

उनीहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन अनुरोध गरे । उनीहरुले वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन अनुरोध पनि गरे ।

कार्यक्रमा वैदेशिक रोजगारका विज्ञहरु क्रमशः डा. गणेश गुरुङ, सरकारका पूर्वसचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पण्डित, रामेश्वर नेपाल, गोविन्दमणी भूर्तेल लगायत महासचिब डा.केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति थियो ।