काठमाडौं, फागुन २० । ट्रंकलाइनमा शुल्क वृद्धिको निजी क्षेत्रले विरोध गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विद्युत् प्राधिकरणका डेडिकेडेटलाइन र टं«कलाइनबाट विद्युत् सेवा उद्योगलाई ६६ प्रतिशतसम्म शुल्क वृद्धि गरी पत्राचार भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले विद्युत् सेवा लिने औद्योगिक, व्यापारिक, पर्यटकीय वर्गका ग्राहकहरुले विद्युत् खपत गरेवापत् मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी शुल्क बुझाउनु पर्नेछ भनी विभिन्न उद्योगहरुलाई ६६.६७ प्रतिशत वृद्धि गरी शुल्क तिर्न पत्राचार गरेकोले सोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
विद्युत् कार्यालय भैरहवा शाखाले आन्तरिक भार मिलान गर्नेक्रममा बुटवल भैरहवा औद्योगिक कोरिडरको लाइन ट्रंकलाइनमा परेको भनी जानकारीबिना शुल्क वृद्धि गरी बिल जारी गरिएको भन्दै सोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
उद्योगहरुले नियमितरुपमा बुझाउनु पर्ने महसुल, दस्तुर समयमै भुक्तान गरी छुट सुविधासमेत लिइरहेको अवस्थामा हाल आएर एकतर्फीरुपमा विगत ३–४ वर्ष अगाडिदेखिको थप अतिरिक्त दस्तुर तथा सेवा शुल्क लाग्ने भनी पत्राचार भएकोप्रति समस्त उद्योगहरु हतास र मर्माहत भएको महासंघले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्