Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘सरकारले मार्केट मेकर राख्न सकेमा मात्रै सेयरबजारले स्थीरता लिनसक्ने’


0
Shares

काठमाडौं, फागुन २० । पछिल्लो समय सेयरबजारमा उतार–चढाव भइरहेको छ ।

सेयरबजारमा विभिन्न नीतिगत परिवर्तन, राजनीतिक प्रभाव तथा लगानीकर्ताको मनोविज्ञानको कारण पनि परिवर्तन आउने गर्छ ।

पछिल्लो एक महिनाकै अवधिमा सेयरबजारमा तीव्र उतार–चढाव देखियो । यस अवधिमा कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्‍यो ।

निरन्तर बुलिस बुलिस ट्रेन्डमा रहेको नेप्सेमा विनाकारण गिरावट आउँदै नेगेटिभ सर्किट ब्रेकसमेत लाग्यो ।

पछिल्लो समय अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले गरेको व्यवस्थाका कारण लगानीकर्ता मनोवैज्ञानिकरुपमा परिपक्व भएको विश्लेषण छ, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालको ।

पछिल्लो करेक्सन नाफा बुक गर्नकै लागि भएको उनको दाबी छ ।

पुँजीबजारमा अनपेक्षित कारोबार हुन नदिइ स्थीरता कायम गर्न मार्केट मेकर स्थापना गरी सञ्चालनमा ल्याउन उनको जोड छ ।